काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।
सअघि राष्ट्रपतिले यो अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनु भएको थियो । सरकारले सोमबार फेरि अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिलाई पठाएको थियो । अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषदमा ३ जनाले नै निर्णय गर्नसक्ने प्रावधान राखिएको छ ।
संवैधानिक परिषद्का ३ सदस्यबाट नै निर्णय हुनसक्ने अवस्था सिर्जना गर्ने भन्दै यसको आलोचना भइरहेको छ । योसँगै राष्ट्रपति पौडेलले सरकारले पठाएका ८ वटै अध्यादेश जारी गर्नुभयो। जारी भएका अध्यादेश अब संघीय संसदमा पेश हुने जनाइएको छ ।