काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन ।
राष्ट्रपति पौडेलले बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासोसमेत सुन्नुभएको छ । उहाँले नुवाकोटमा भोटेकोशीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सृजित क्षतिको जानकारी जिल्ला सुरक्षा समितिबाट लिएका छन्। सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरूले रसुवा बाढीले जिल्लामा पु¥याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनस्र्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो । सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरू रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभयो ।
बाढीबाट प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पु¥याएको धनजनको क्षतिबारे जानकारी गराए। खोज, उद्धार, राहत एवम् पुनस्र्थापनाका लागि सरकार र सरोकारवालाहरूले अझ तदारुकता देखाउनुपर्ने धारणा प्रभावितहरूले राखेका थिए ।