राष्ट्रपति रामचन्द्र पौडेलले आउने शुक्रबार सङ्घीय संसद्कोे संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने शीतल निवासले जनाएको हो । संविधानको धारा ९५ मा राष्ट्रपतिले चुनावपछिको पहिलो अधिवेशनमा सम्बोधन गर्ने व्यवस्था छ ।