काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि पाकिस्तानी राजदूत अब्रारार एच हास्मीबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरुबीच नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ पार्नेबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पाकिस्तानी राजदूत हास्मी आफ्नो कार्यकाल सकेर नेपालबाट फर्केने तयारीका हुनुहुन्छ । राष्ट्रपति पौडेलले कार्यकाल सफलतापूर्वक पूरा गरेकामा राजदूत हास्मीप्रति बधाई ज्ञापन गर्नुभएको छ ।