राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ।
राष्ट्रियसभाको सोमबार बसेको बैठकमा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरिएको हो । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलबीचको सहमति भण्डारी उपाध्यक्ष बन्नुभएको हो । उहाँको उम्मेदवारी प्रस्तावकमा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल रहनुभएको छ । त्यस्तै, उहाँको समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह गरिमा रहेका थिए ।