संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।
राष्ट्रियसभाको बुधबार बसेको बैठक विपक्षी राजनीतिक दलका सांसदहरुको अवरोधपछि कार्यसूचीमा नै प्रवेश नगरि स्थगित भएको हो । अर्काे बैटक यहि जेठ २६ गते मंगलवार अपरान्ह सवा १ बजे बस्नेगरि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दवैै सदन प्रभावित हुँदै आएका हुन् । विपक्षी दलहरुले प्रधानमन्त्री साहले माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन् ।