काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीको तर्फबाट अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ । बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गर्नुभएको थियो । लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको प्रवक्ता झाले बताउनुभएको छ । सभामुखको निर्वाचन यहि चैत २२ गते हुने भएको हो । रास्वपाको बहुमत भएकाले उपसभापति अर्याल सभामुख बन्ने निश्चित भएको छ ।