काठमाडौं

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ ।

संहदरबारमा बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो । सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवारी हरि ढकाललाई बनाउने निर्णय गरेको बताउनुभयो । त्यस्तै, अर्थ समितिको सभापतिको उम्मेदवार कृष्णहरी बुढाथोकीलाई बनाउने निर्णय गरिएको पनि महामन्त्री बुर्लाकोटीले बताउनुभयो ।

त्यस्तै, रास्वपाले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्की र अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदासलाई सभापतिको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।