काठमाडौं  जेनजी आन्दोलनको बेला भएका आगजनी र तोडफोडमा संलग्न आरोपमा पक्राउ गरिएकाहरुलाई हिरासतमुक्त गर्नुपर्ने उनीहरुको माग छ । जेनजी अभियन्ता सरिस्मा थापाले पक्राउ परेका किशोर किशोरीहरुलाई झुटा मुद्दामा फसाउनु खोजिएको बताउनुभएको छ । जेनजीहरूले सरकारसँग गरिएको १० बुँदे सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । थापाले आफूहरुका माग पूरा नभए चरणवद्ध रूपमा आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ ।