काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन मंगलबारबाट सुरु हुँदै छ ।
मंगलबारबाट सुरु हुने प्रदेश अधिवेशन असार १ सम्म सम्पन्न हुने रास्वपाले जनाएको छ । बाग्मती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । वाग्मती प्रदेशको अधिवेशन काठमाडौंमा हुँदै छ ।यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो ।
असार ७ देखि ९ गतेसम्म रास्वपाको प्रथम महाधिवेशन चितवनमा हुनेछ ।