काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुका लागि आयोजना गरेको दास्रोे प्रशिक्षण कार्यक्रममा सांसदहरुको उपस्थिति न्युन देखिएको छ ।
रास्वपाले शनिबार राखेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा सांसदहरु कम उपस्थित भएका हुन् । रास्वपाका १ सय ८२ जना सांसद रहेका छन् । तर प्रशिक्षण कार्यक्रममा सांसदहरु कम उपस्थित भएपछि रास्वपा सांसद गणेश पराजुलीले सार्वजानिक रुपमा नै असन्तुष्टी जनाउनुभएको छ ।
उहाँले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराख्नु संसदीय भुमिकाबाट विमुख हुने संकेत भएको बताउनुभयो ।
रास्वपा सांसद पराजुलीले प्रशिक्षणको अन्तिमसम्म सहभागी भई यसको प्रभावकारिता मूल्यांकन गर्न र कमजोरी सुधारका सुझाव दिन पनि सांसदहरूलाई आग्रह गर्नुभयो । प्रशिक्षण कार्यक्रम केवल सुरुवात मात्र भएको र आगामी दिनमा थप विषय समेटेर नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने उहाँले जानकारी दिर्नुभएको छ ।