काठमाडौं सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ ।
रास्वपा सभापति लामिछाने ५ दिने भारत भ्रमणको लागि सोमबार मध्यान्ह त्यसतर्फ जानुभएको हो ।
लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा दिल्ली जानुभएको हो । भारत भ्रमणमा लामिछानेसँगै पत्नी निकिता, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य रहनुभएको छ ।
नयाँ दिल्लीमा लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जनाइएको छ । प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने विवादित अभिव्यक्तिले राजनीति तरङ्गित भइरहेको बेला लामिछानेको भ्रमणलाई चासोका साथ हेरिएको छ । रास्वपा सभापति लामिछाने भारतबाट जेठ २२ गते स्वदेश फर्कने तय भएको छ।