काठमाडौं

नेकपा एमालेका सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजतलास गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । परराष्ट्रविद् समेत रहनुभएका सचिव भट्टराईले रास्वपाले निर्वाचनमा चमत्कारिक रुपमा परिणाम ल्याएको उल्लेख गर्दै त्यसको कारण खोजीको विषय भएको बताउनुभयो ।

सचिव भट्टराईले दलहरुबीच आन्तरिक रुपमा प्रतिष्पर्धा भएपनि मुलुकलाई भूराजनीतिक संवेदनशीलताबाट जोगाउनका लागि राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुको विकल्प नभएको पनि उल्लेख गर्नुभयो ।