काठमाडौंभारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।
सभापति लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री मोदीसँग भोटवार्ता गर्नुभएको हो । दुई नेताबीच राजधानी नयाँदिल्लीमा एक्ला एक्लै भेटवार्ता भएको हो ।
पाँच दिने भ्रमणका लागि सोमबार भारत भ्रमणमा जानुभएका सभापति लामिछानेले यसअघि त्यहाँका गृहमन्त्री अमित शाहसँग मंगलबार भेटवार्ता गर्नुभएको थियो ।
त्यसैगरी मंगलबारै उहाँले भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीन र भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको हो । मंगलबार साँझसम्म प्रधानमन्त्री मोदीसँगको भेट अनिश्चित थियो ।
तर बुधबार प्रधानमन्त्री मोदीले सभापति लामिछानेलाई भेट्ने समय मिलाउनुभएको जनाइएको छ । भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्त्रध, राजनीतिक र कूटनीतिकसहितका विषयमा छलफल भएको बुझिएको छ ।