रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्व ६ जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ । लु१ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रोल्पाका अनुसार जिप सडकबाट ८०० मिटर तल भिरमा खसेको हो । पानी परिरहेकाले अहिले उद्धारमासमेत समस्या भएको बताएको छ ।