काठमाडौं ।

लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा सामूहिक आमरण अनशन शुरु गरेका छन् । 

लघुवित्त पीडितसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै उनीहरु मंगलवारदेखि आमरण अनसनमा बसेका हुन् । लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्र वृत्ति ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

लघुवित्त पीडित मणिराम ज्ञवालीले नेपाल राष्ट्र बैंकको निर्देशन विपरित लघुवित्त संस्थाहरूले सर्वसाधारणलाई शोषण गरेको आरोप लगाउँदै आमरण अनसन शुरु गरेको बताउनु भयो । उहाँले यसअघि लुघुवित्त तथा वित्तिय संस्था पीडितहरुसँग वार्ता गरि सरकारले तयार पारेको प्रतिवेदन कार्यान्वयन नभएको बताउनु भयो ।

सर्वोच्च अदलातले प्रतिवेदन कार्यान्वयन गर्न सरकारको नाममा आदेश जारी गरिसकेको भएपनि उक्त प्रतिवेदन कार्यान्वयन नभएको उहाँको भनाइ छ । उहाँले विशेष वित्तीय ऐन खारेज गरी मुलुकी आचारसंहितामा आधारित आर्थिक तथा वित्तीय प्रणाली लागू गर्नुपर्ने र वित्तीय तथा सहकारी पीडितलाई ब्याजरहित ऋण उपलब्ध गराउनुपर्ने आफूहरुको माग रहेको बताउनु भयो । 

उहाँले आफूहरुका मागहरू सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी पनि दिनुभयो ।