काठमाडौं पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र सङ्घीयता जस्ता राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौंंमा बुधबार नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो जोड दिनुभएको हो ।
पूर्वराष्ट्रपति डा. यादवले नयाँ उदाएका राजनीतिक शक्तिहरू, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै जनमतको कदर गर्न र व्यवस्था जोगाउन सक्रिय हुन आग्रह गर्नुभयो । लोकतन्त्रमाथि विश्वव्यापी रूपमा खतरा बढिरहेको बताउदै उहाँले नेपालले आफ्ना लोकतान्त्रिक मूल्य–मान्यतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
संसदीय व्यवस्थाका आधारभुत खम्बाका रूपमा रहेका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र राष्ट्रपतिको संस्थाबीच उचित समन्वय हुनुपर्ने उहाँले बताउनुभयो ।
पूर्वराष्ट्रपति यादवले सरकारको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि संसद र जनतालाई सम्बोधन नगरेको भन्दै उहाँले संसदीय पद्धतिमा प्रधानमन्त्री देशको नेता भएको बताउनुभयो ।