काठमाडौं    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘वामपन्थी शक्तिबीच तत्कालै एकता आवश्यक देखिएको बताउनुभएको छ ।

समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबीच एकता आवश्यक भएको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबीच एकता आवश्यक भएको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्ती दाहालले कम्युनिष्ट एकताले मात्र उपेक्षित र उत्पीडित समुदायको अधिकार र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न सक्ने दाबी समेत गर्नुभएको छ । संयोजक दाहालले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकामा जोड दिनुभएको छ ।