काठमाडाैं ।


नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ । बिहीवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरेको प्रश्ताव गरेको थियो । ललितपुरमा सम्पन्न पार्टी केन्द्रिय कमिटी बैठकले उक्त प्रश्ताव अनुमोदन गरेको सचिव पद्या अर्यालले जानकारी दिनुभयो ।

उहाँले पार्टी सदस्यता प्रदान गरिसकेपछि भण्डारीलाई जिम्मेवारीविहीन राख्नु उपयुक्त नहुने भन्दै यस्तो निर्णय गरिएको बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको ११औँ महाधिवेशनअघि नै पार्टी सदस्यताका लागि आवेदन दिनुभएको थियो । त्यतिबेला पार्टीले राष्ट्रको सम्मानित पदमा पुगिसकेको व्यक्ति पुनः खुला राजनीतिमा वा कुनै राजनीतिक दलको सक्रिय राजनीतिमा आउँदा उपयुक्त नहुने भन्दै सदस्यता दिन अस्वीकार गरेको थियो ।

सचिव अर्यालले केन्द्रिय सदस्य तथा स्थायी समिति सदस्यमा नेताहरुको नाम अनुमोदन गरी सचिवालयमा पठाउने निर्णय भएको पनि बताउनु भयो ।