काठमाडौं । 

विनियोजन विधेयक–२०८३ राष्ट्रियसभाबाट पारित भएको छ । 

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित भएको हो ।  मगलबारको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयक–२०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावलाई राष्ट्रिसभाको अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । यसअघि बैठकमा विनियोजन विधेयक–२०८३ को छलफलमा सांसदहरु सम्झना देवकोटा, मीनासिंह रखाल र सोमनाथ पोर्तेलले विभिन्न कार्यालयको खर्च कटौती प्रस्ताव राख्नुभएको थियो । मन्त्रालयको खर्च कटौती प्रस्तावलाई बहुमतले अस्वीकृत भएको छ ।