विपक्षी राजनीतिक दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको मंगलवारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
लगातारको अवरोधका कारण मंगलबार बसेको बैठक पनि कार्यसूचीमा नै प्रवेश गर्न नसकी स्थगित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक यहि जेठ २८ गते बिहीबार दिउँसो सवाँ १ बजे बस्ने तय गरिएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सरकार र राजनीतिक दल दुवैको भुमिकाप्रति असन्तुष्टि जनाउनुभएको छ । अध्यक्ष दाहालले देशको राजनीतिक अवस्था जनताले अनुभूति गर्ने गरी समाधान खोज्न सरकार र दलहरूबीच आवश्यक परामर्श हुन नसकेको टिप्पणी गर्नुभयो ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै संसदको कारबाही अवरुद्ध गर्दै आएका छन् ।