काठमाडौं ।
रसुवाको भोटेकोशीसहित पछिल्लो समय मुलुकको विभिन्न ठाउँमा बाढीपहिरो प्रभावित क्षेत्रका लागि ५ खर्ब ५९ अर्ब रुपैयाँ भन्दा बढी रकम निकासा गरिने भएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सोमवारको बैठकले बाढीपहिरो प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाका लागिर पाँच खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ आवश्यक पर्ने ठहर गरेको छ । प्रधानमन्त्री बालेन्द साहको अध्यक्षतामा बसेको विपद् परिषद बैठकले उल्लेखित रकम निकासको लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेको हो ।
बाढीपहिरो प्रभावित क्षेत्रमा आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा कोशीका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बाग्मतीका मुख्यमन्त्री किरण थापा मगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे लगायत सहभागी हुनुहुन्थ्यो । सहभागीहरुका अनुसार बैठकमा प्रधानमन्त्री साहले विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहसँग निरन्तर समन्वय भइरहने प्रतिवद्धता जनाउनुभएको छ ।