काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारेको खुलेको छ ।


उहाँलाई सोमबार सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेको हो । विभागले उहाँलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित निवासमा छापा पक्राउ गरेको हो । प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले बतायो ।

पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले जनाएको छ । पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुग्नुभएको थियो। विभागको टोलीले उहाँलाई सुर्खेतबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको हो ।