काठमाडौ । बजारमा खाना पकाउने एलपी ग्यास फेरि अभाव भएको छ, ग्यास सहजै नपाउँदा उपभोक्तालाई सास्ती भएको छ ।
उद्योगीलाई ग्यास विगतैकै कोटा अनुसार उत्पादन गरेता पनि वितरक तथा व्यवसायीले कृतिम अभाव गराउँदा उपभोक्ताले समस्या व्यहोर्नु भएको हो । विश्वमा तेल तथा ग्यासको ठूलो हिस्सा पारवाहन हुने हमुर्ज जलमार्ग अमेरिका र इरान युद्धले प्रभावित हुँदा सरकारले केही महिना अघि एलपी ग्यास आधा सिलिण्डर मात्र बिक्री विररण गर्ने व्यवस्या मिलाएको थियो ।
अमेरिका र इरानबीच युद्धविरामको सहमति लगत्तै ग्यास फेरि भरी सिलिण्डर (‘१४ किलो दुई सय ग्राम ) नै बिक्री विरण गर्न थालिएको छ । ग्यास पूरा सिलिण्डर बिक्री विरण गर्ने भनिएपछि व्यवसायीले विभिन्न समस्या देखाएर बजारमा कृतिम अभाव गराएका हुन् । उपभोक्ताले ग्यास सजिलोसँग नपाएपछि नेपाल आयल निगमले ग्याँस उद्योगीलाई सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
निगमले शनिबार विज्ञप्ति जारी गरेर ग्याँस उद्योगीलाई बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो । निगमले बिक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यासको बिक्री बितरण समेत सुझाएको छ ।