काठमाडौं ।
सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको ३ प्रतिशत समता कर अन्ततः लागू नगर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकलौटी सरकार नयाँ बजेटमा निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर लगाउने योजना ल्याएको थियो । अर्थमन्त्री डा स्वणिम् वाग्गले बजेटमार्फत ल्याउनुभएको निजी शिक्षा र स्वास्थ्य क्षेत्रको समता करणको सर्वत्र विरोध भएपछि सरकार यसबाट पछि हटेको हो ।
प्रधानमन्त्री बालेन साहले नागरिकस्तरबाट आएको असन्तुष्टि र सुझावलाई मध्यनजर गर्दै हालका लागि निजी शिक्षा र स्वास्थ्य क्षेत्रको समता कर लागू नगर्ने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्रीले अर्थमन्त्री सँगको परामर्शपछि शिक्षा र स्वास्थ्य समता शुल्क तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको मंगलबार सामाजिक संजालमार्फत जानकारी गराउनुभएको हो । शिक्षा र स्वास्थ्य सम्बन्धी समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएकोले त्यसलाई लागू नगर्ने निर्णय भएको प्रधानमन्त्रीले जनाउनुभएको छ ।