काठमाडौं श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ले प्रधानमन्त्री बालेन्द्र साह बालेनको राजीनामा माग्नुभएको छ ।
श्रम संस्कृतिका अध्यक्ष साम्पाङले प्रतिनिधिसभामा बिहीबार शुरुमै सरकारको विरोध गर्दै प्रधानमन्त्री साहको लिखित रुपमै राजीनामा माग्नुभएको भएको हो । भारतले मिचेको भूमि र सुकुम्बासी व्यवस्थापनको विषयमा आफूहरुले गएको वैशाख २८ गतेदेखि मागेको जवाफ नदिएको कारण प्रधानमन्त्रीेले राजीनामा दिनुपर्ने प्रतिनिधिसभा सदस्य साम्पाङको भनाई छ ।
अध्यक्ष साम्पाङसहित श्रम संस्कृतिका सासदहरुले नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै विरोध जनाउँदै आएका छन् ।