काठमाडौं संघीय संसद् अधिवेशन आह्वान सम्बन्धी सरकारको निर्णय अन्योलयुक्त भएको छ ।

मंन्त्रिपरिषदको पछिल्लो निर्ढायले संसद् अधिवेशन आह्वान अन्योलमा परेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वैशाख १७ गतेको लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । राष्ट्रपतिले मंन्त्रिपरिषद्को यहि वैशाख ८ गतेको निर्णय र सिफारिसमा अर्को बिहीबारको लागि संसद अधिवेशन आव्हान गर्नुभएको हो ।

तर राष्ट्रपति पौडेलको संसद आव्हानलाई चौबिस घण्टा नपुग्दै अर्थहीन बनाइएको छ । मंन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रपतिको संसद् आव्हान औचित्यहीन बनाएको हो ।

राष्ट्रपति पौडेललले विशेष कारण वस जनाउँदै संघीय संसद् अधिवेशन आह्वान स्थगित गर्नुभएको छ । राष्ट्रपति पौडेललले मंन्त्रिपरिषद्को पछिल्लो निर्णय र सिफारिस अनुसार संसद् अधिवेशन आह्वान स्थगिन गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको हो । विशेष कारण वस भनिए पनि संसद् अधिवेशन स्थगित गर्नुपर्ने तथ्य भने खुलाइएको छैन ।

संघीय सरकारले हरेक वर्ष जेठ १५ गते संसद्मा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि संसदमा बजेटको आकार र त्यसमा समेटिने योजनाबरे छलफल गर्नुपर्ने हुन्छ । यस हिसाबले संसद् अधिवेशन आव्हान गर्न ढिलो भइसकेको छ । तर यहि वैशाख १७ गतेका लागि लागि आव्हान गरिएको संसद् अधिवेशन समेत आकस्मिक रुपमा स्थगित गर्दा आगामी आर्थिक वर्षको बजेटको तयारीको बारेमा छलफल समेत अन्योलमा पर्ने स्थिति देखिएको हो ।