काठमाडौं ।

संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी उल्लासपूर्ण रुपमा मनाइएको छ ।

संविधान दिवसको अवसरमा सरकारले शनिवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहमा गरेको थियो । त्यसपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि विशेष कार्यक्रम आयोजना गरिएको थियो । विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराश बनाएर कुनै पनि राज्य तथा व्यवस्था सफल नहुने बताउनुभएको छ । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्नुपर्ने धारणा व्यक्त गर्दै राष्ट्रपतिले संविधानलाई भाषणमा मात्रै नभइ नागरिकको जीवनमा उतार्ने संकल्प गर्नुपर्नेमा जोड दिनुभएको छ । 

प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको टुँडिखेलको समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले झाँकी प्रस्तुत गरेका छन् ।