काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संविधान र लोकतन्त्र नै अप्ठ्यारोमा परेको बताउनुभएको छ ।
काठमाडौंको खुलामञ्चमा आईतवार आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सत्ताको स्वेच्छाचारिता र अराजकताले लोकतान्त्रिक प्रणालीलाई जोखिममा पारेको बताउनुभएको हो । पूर्वप्रधानमन्त्री दाहालले समावेशी लोकतन्त्रसहितको सङ्घीय गणतन्त्र शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै त्यसको रक्षाका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनु भयो । शान्ति सम्झौताका केही पक्षहरू अझै टुङ्गिन बाँकी रहेको भन्दै उहाँले त्यसलाई पूर्णता नदिए देश पुनः अस्थिरतातर्फ धकेलिन सक्ने खतरा औँल्याउनु भयो ।
उहाँले विशेष गरी नेपाली काँग्रेसका सभापति गगन थापालाई लक्षित गर्दै शान्ति सम्झौताका बाँकी काम पूरा गर्ने जिम्मेवारी वोध गराउनु भयो । वर्तमान राजनीतिक दलहरूको खुम्चँदो अवस्थाबारे चर्चा गर्दै दाहालले दलका नेताहरूप्रति आफ्नो भरोसा रहेको बताउनु भयो ।