काठमाडौं ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भन्दै आपत्ति जनाउनुभएको छ । 

सभापति थापाले बिहीबार पार्टी मुख्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा सरकारद्वारा गठित कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि प्रश्न उठाउनुभएको हो । विधानको समग्र अन्तर्वस्तुलाई एकैपटक बहसको विषय बनाउँदा अप्रत्याशित संवैधानिक र कानूनी जटिलता उत्पन्न हुनुका साथै चरम दलीय ध्रुवीकरण निम्तिने कांग्रेस सभापति थापाको तर्क छ ।

सभापति थापालले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, सशस्त्र द्वन्द्वको पीडा र हजारौँ नागरिकको बलिदानबाट प्राप्त उपलब्धिका संवेदनालाई बिर्सिएर संशोधनको विषयमा प्रवेश गर्न खोजिएको टिप्पणी गर्नुभएको छ । थापाले सरकार बलिदानबाट प्राप्त उपलब्धि विपरीत संविधान संशोधन गर्ने तरखरमा आरोप समेत लगाउनुभएको छ ।

कांग्रेस सभापति थापाले संविधान संशोधनको विषयमा गम्भीर र जिम्मेवार बहसको आवश्यकता रहेको भन्दै यस प्रक्रियाले मुलुकको राजनीतिक स्थिरतालाई खलबल्याउन नहुनेमा जोड दिनुभएको छ