काठमाडौं ।

निर्वाचन आयोगको प्रमुख आयुक्त तथा आयुक्तका लागि सिफारिस गरिएकाविरुद्ध उजुरी आह्वान भएको छ । 

संवैधानिक परिषदले असार १९ गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुका लागि डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई प्रस्ताव गरेको थियो ।

परिषदको सिफारिससँगै निर्वाचन आयुक्तहरुको प्रक्रिया अगाडि बढाइएको छ । यसै क्रममा संसदीय सुनुवाइ समितिले शनिबार सूचना जारी गर्दै संवैधानिक परिषदबाट सिफारिस भएका कार्की, सुब्बा र वाग्लेविरुद्ध कुनै उजुरी भए दिनको लागि आव्हान गरेको हो ।

सुनुवाइ समितिले उहाँहरु विरुद्ध १० दिनभित्र प्रमाणसहित नेपाली वा अङ्ग्रेजी भाषामा उजुरी दिन सकिने जनाएको छ । उजुरीमा निवेदकको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख गर्नुपर्नेछ । उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ ।