काठमाडौं प्रधानमन्त्री बालेन्द्र साह अन्तत नीति तथा कार्यक्रमबारे संसदमा जवाफ दिन बाध्य हुनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा असोभनीय तवरले बाहिरिनुभएका प्रधानमन्त्री साह विपक्षी सांसदहरुको दबाबको कारण संसद आउन बाध्य हुनुभएको हो । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यसबारे सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने प्रचलन छ ।
प्रधानमन्त्री साह संसदबाट बिना कारण अमर्यादित रुपमा हिडेपछि उहाँको शैलीबारे सर्वत्र आलोचना भइरहेको छ । त्यही कारण प्रधानमन्त्री साहले प्रतिनिधिसभाको बुधबारको बैठकमा आफू अनुपस्थित रहेर सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन अर्थमन्त्री डा स्वर्णिम् वाग्लेलाई अह्राउनु भएको थियो ।
तर विपक्षी सांसदहरुले सदनमा प्रधानमन्त्री स्वंम उपस्थित हुनैपर्ने भन्दै बैठक अवरुद्ध पारेपछि साहलाई ससद आउनैपर्ने बाध्यता बनेको हो । प्रतिपक्ष सांसदहरुको बारम्बरको अवरोधले प्रतिनिधिसभा बैठक बिहीबारसम्मको लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले बिहीबार प्रतिनिधिसभामा जवाफ दिने जानकारी गराउनुभएको छ ।