सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गर्ने निर्णय गर्नुभएको छ । संसद् अधिवेशन चैत १९ गतेदेखि प्रारम्भ भएको हो ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को चैत २४ गतेको निर्णय र सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको शीतल निवासले जनाएको छ । चालु संसद् अधिवेशन अन्त्य हुनुअघि राष्ट्रपतिले शुक्रबार दिउँसो दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।