काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भुमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाउनुभएको छ 

सोमवार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सभामुख अर्याललाई विपक्षी दलहरुको नाडी छाम्ने प्रयास नगर्न समेत चेतावनी दिनुभयो । 

सभामुख कुनैपनि दलको सदस्य नभएको स्मरण गराउँदै उहाँले सभामुखले संसदभित्र आफ्नो भुमिका कस्तो हुनुपर्छ भन्नेकुरा बुझ्न आवश्यक रहेको पनि बताउनु भयो । 

नेता आङ्देम्बेले संसदमा कुनैपनि विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाउँदा सबैको तर्फबाट एक जनाले विचार राख्नुपर्ने सभामुखको मनशाय हुने गरेकोप्रति समेत असन्तुष्टि जनाउनु भयो । उहाँले सबै दलका प्रतिनिधिले संसदमा आफ्नो धारणा राख्न पाउनुपर्ने बताउनु भयो । 

सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीको रूपमा नलिन समेत चेतावनी दिनुभयो ।