काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारको लक्षण राम्रो नभएको टिप्पणी गर्नुभएको छ  

।नेकपा संयोजक दाहालले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सरकार, मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकाय अन्योलपूर्ण अवस्थामा रहेको धारणा व्यक्त गर्नुभयो । सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भएपनि नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो स्पष्ट नीति रहेको नेकपा संयोजक दहालको भनाई छ ।

नेकपा संयोजक दाहालले देशको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोपरी राख्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजलाई राष्ट्र तथा जनताप्रति थप गम्भीर र जिम्मेवार हुन आग्रह गर्नुभएको छ ।पूर्वप्रधानमन्त्ती दाहालले लामो संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्ने औँल्याउनु भएको छ ।