काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाउनुभएको छ । 


संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । सरकारले बाह्य मुलुककोहित हुने खालको काम गरिरहेकाले उनीहरु खुशी भएको सांसद ठाकुरको तर्क छ । उहाँले सरकारले नेपाली जनताको नभई अन्य मुलुककोहित हुनेगरी काम गरिरहेको पनि बताउनुभयो । सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाई छ ।


सांसद ठाकुरले सरकारको कारण मुलुक बाह्य मुलुकहरुको कब्जामा गएको पनि बताउनुभयो