काठमाडौं नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीचको सन्तुलन खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ।
३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो आरोप लगाउनुभएको हो।
युवाहरूलाई सरकारको अधिनायकवादविरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन समेत आह्वान गर्नुभएको छ । उहाँले सत्तत्रारुढ दल र सरकारबाटै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन नपर्ने खालको परिपाटी विकास गर्न खोजिएको आरोप पनि लगाउनुभयो ।
सरकारले सर्वोच्च अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न गरेको समेत टिप्पणी गर्नुभएको छ । महासचिव पोखरेलले पपुलिज्मको आवरणमा हुर्कंदै गरेको अधिनायकवादको प्रतिवादका लागि युवाहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
महासचिव पोखरेलले सरकारका मन्त्रीहरुको सम्पतीमाथि समेत प्रश्न गर्नुभएको छ ।