काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाउनुभएको
सिंहदरवारमा बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा बैठकपछि बुधबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो आरोप लगाउनुभएको हो । प्रधानमन्त्री शाहले आफ्नो मान्छेलाई प्रधानन्यायाशी बनाउनका लागि संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको जिकिर समेत गर्नुभयो । संसदको अधिवेशन आह्वान गर्ने र संसदको अधिवेशन बन्द गर्ने सोही खेल सरकारले आफ्नो मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि रचिएको प्रपञ्च भएको सभापति थापाको तर्क छ ।
उहाँले प्रधानमन्त्री शाहले संवैधानिक परिषद्माथि आफ्नो नियन्त्रण कायम गर्न सो सम्बन्धि कानून अध्यादेशमार्फत संशोधन गराएको पनि बताउनुभयो ।
सभापति गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशमा रहेका संविधान र कानून विपरित प्रधानमन्त्री शाह सच्याउने काममा लाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
उहाँले सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकको रुपमा संसदमा आउने भएकाले त्यसमा रहेका संविधान, कानून विपरितका प्रावधान सच्याउने गरी सांसदहरुलाई आफूले बैठकमा भनेको सभापति थापाको भनाइ छ । सभापति थापाले काँग्रेसले सरकारलाई गलत बाटोमा जान नदिने गरी आफ्नो भुमिका निर्वाह गर्ने पनि बताउनुभयो ।