काठमाडौं । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । 

श्रम संस्कृतिका अध्यक्ष राईले शुक्रबार दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिनुभएको हो । वर्षमान जनभावना अनुसार नचलेको अध्यक्ष राईको भनाई छ । राईले महंगी नियन्त्रण गर्न आफूहरुले सरकारलाई सुझाव दिँदै आएको स्मरण गराउनु भएको छ । .

श्रम संस्कृतिका अध्यक्ष राईल दुर्गम जिल्ला दार्चुलाको विकास निर्माण सम्बन्धी कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको समेत बताउनुभएको छ ।