काठमाडौं । मंगलवार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धि कार्यक्रममा बोल्दै उहाँले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्नेकुरामा सरकार जानकार रहेको बताउनु भयो ।
मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई पनि सरकारले सार्वजनिक–निजी साझेदारीमा अघि बढाउन चाहेको उल्लेख गर्नुभयो । उहाँले हुलाकसँग सम्बन्धित नीतिगत र संरचनामा नै पुनर्संरचना गर्नुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।
त्यस अवसरमा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवालाई गर्व गर्न लायक हुने गरी काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिनुभयो ।