काठमाडौं ।मुलुक भू–राजनीतिको चक्रव्यूहमा फसेको राप्रपा अध्यक्ष लिङदेनको भनाई, सरकार गरिब, सुकुम्बासी र सर्वसाधारणको हितमा नरहेको आरोप ।।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक भू–राजनीतिको चक्रव्यूहमा फसेको बताउनुभएको छ । अध्यक्ष लिङदेनले शनिबार राप्रपा काठमाडौं महानगरपालिका नगर समितिको अधिवेशनलाई सम्बोधन गर्दै महङ्गीले सीमा नाघेको उल्लेख गर्नुभयो । विगतका ठूला दलको कार्यशैलीप्रति आक्रोशित हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका जनता अहिले त्यसप्रति पनि छोटो समयमै निराशा बनेको उहाँको तर्क छ ।
लिङदेनले सरकार गरिब, सुकुम्बासी र सर्वसाधारणको हितमा नरहेको आरोप ललाउँदै राप्रपाले मात्र मुलुकको समस्या समाधन गर्ने दाबी गर्नुभएको छ । लिङदेन नेतृत्वको राप्रपा आगामी मंसिर २६, २७ र २८ गते हुने महाधिवेशनको आन्तरिक तयारीमा जुटेको छ । अध्यक्ष लिङदेनले आगामी महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक ‘कोशेढुङ्गा’ का रूपमा चित्रण गर्नुभएको छ ।अध्यक्ष लिङदेनले आफ्ना नेता तथा कार्यकर्तालाई महाधिवेशनतर्फ केन्द्रित हुन निर्देशन दिनुभएको छ ।