काठमाडौं । 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर निरन्तर लागि परेको दाबी गर्नुभएको छ । 

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले नेपाल सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले सरकारले शासकीय सुधारको प्रयासलाई थप संस्थागत, परिस्कृत र परिणाममुखि बनाउँदै अघि बढाएको जिकिर समेत गर्नुभयो । सरकारले सय दिन भित्रै भ्रष्टाचारमा शुन्यसहनशीलता, मितव्ययिता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम गरेको मन्त्री पोखरेलको भनाई छ ।

मन्त्री पोखरेलले सरकारले डिजिटल सेवा प्रवाहमा पनि ठोस कदम चालेको बताउनु भयो ।