काठमाडौ नेकपा (एमाले)का सांसद राजेन्द्र राईले सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चलेको आरोप लगाउनुभएको छ ।

संसद भवन परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले यस्तो आरोप लगाउनुभएको हो । सरकार बहुमतको दम्भ देखाएर शासन सञ्चालन गरिरहेको उहाँको जिकिर छ ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी समाज र जनताको सेवाबाट नभई गैरराजनीतिक ढंगले आएको टिप्पणी समेत गर्नुभयो । सांसद राईले सरकारलाई लोकतन्त्र र विधिको शासनप्रति विश्वास नभएको आरोप लगाउनुभएको छ । उहाँले लोकतान्त्रिक प्रणाली कमजोर पार्ने प्रयास भइरहेको बताउनुभयो ।

सांसद राईले मुलुक आफूहरुले बनाएको दावी गर्दै फेरि पनि मुलुक निर्माणको लागि एमालेको आवश्यकता रहेको बताउनुभएको छ ।