काठमाडौ सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) अब नारायणदत्त पौडेल बन्नुहुने भएको छ ।

सरकारले सशस्त्र प्रहरीमा अहिले अतिरिक्त महानिरीक्षक रहनुभएका पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालक यहि वैशाख १८ गतेदेखि अवकाश लिँदै हुनुहुन्छ । मन्त्रिपरिषदको सोमबारको बैठकले त्यसअघि पौडेललाई आईजीपी नियुक्ति गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकपछि सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई बनाउने निर्णय भएको जानकारी दिनुभएको छ ।

सरकार प्रवक्ता पोखरेलले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र त्यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता पोखरेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने स्पष्ट पार्नुभयो ।

मन्त्रिपरिषद बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।