काठमाडौं ।

सम्पती शुद्धीकरण विधेयक सरकारले बिना तयारी ल्याएको एमाले सांसद बरालको टिप्पणी, अनुभवका आधारमा भन्दा पनि तथ्यको तोडमोड गरेको आरोप ।

नेकपा (एमाले)का सांसद गुरु बरालले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण विधेयक सरकारले पर्याप्त तयारीबिनै हतारमा ल्याएको टिप्पणी गर्नुभएको छ । 

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि संशोधन प्रश्ताव प्रश्तुत गर्दै उहाँले २०६४ देखि कार्यान्वयनमा रहेको ऐनबाट प्राप्त 


अनुभवका आधारमा विधेयकलाई समृद्ध बनाएर ल्याउनुपर्नेमा सरकारले तथ्यको तोडमोड गरी विधेयक ल्याएको टिप्पणी गर्नुभयो ।

उहाँले सम्पती शुद्धीकरण नियन्त्रणको विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिँदै भ्रष्टाचारमुक्त र सुशासनयुक्त राज्य निर्माणका लागि एमाले विधेयकको पक्षमा रहे पनि तथ्यगत त्रुटी सच्याउन सरकारसँग माग गर्नुभयो ।