काठमाडौं सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले कुरियर सेवा विस्तारलाई तीव्रता दिएको छ ।
सरकारले हुलाक सेवालाई प्रयोग गर्दै राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै नागरिककै घरमा पु¥याउन थालेको हो । त्यसको लागि अहिलेसम्म देशका ६० जिल्लामा सरकारी कुरियर सेवा विस्तार गरिएको छ ।
हुलाक सेवा विभागका अनुसार हालसम्म २८ हजार १ सय ६९ थान राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ । तीमध्ये एक हजार ६ सय ३५ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ । यातायात सेवामा पनि हुलाक प्रणालीको प्रयोग विस्तार हुँदै गएको छ ।
जेठ ८ गतेसम्ममा चार लाख ७० हजार ८ सय ८१ वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयहमा पठाइएको छ भने ६ सय ७१ लाइसेन्स घरमै पुर्याइएको विभागले जनाएको छ ।