काठमाडौं ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले न्युन तलबमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मीका लागि सिंहदरबारभित्रको खाना महँगो भएको भन्दै यसलाई सस्तो र मर्यादित बनाउन माग गर्नुभएको हो । सांसद सुनारले सिंहदरबारभित्र जताततै खुलेका क्यान्टिन र त्यहाँबाट निस्कने गन्ध तथा फोहोर व्यवस्थापनबारे प्रश्न उठाउनु भयो ।
उहाँले सिंहदरबारलाई व्यवस्थित र सफा बनाउन ‘भेजिटेरियन’ (शाकाहारी) क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनु भयो । राजदुत नियुक्तिको विषयमा उठेका प्रश्नहरूमा टिप्पणी गर्दै उहाँले मापदण्ड पालनामा जोड दिनुभयो ।
प्रहरीभित्रको भ्रष्टाचार र विशेषगरी म्यादी प्रहरीको जुत्ता खरिदमा भएको अनियमितताका बारेमा सोधिएको प्रश्नमा सांसद सुनारले गम्भीर अनुसन्धान भइरहेको बताउनु भयो । उहाँले १ लाख ३० हजारभन्दा बढी म्यादी प्रहरीको जुत्ता खरिदमा बद्मासी भएको प्रमाण संकलन भइरहेको दाबी गर्नुभयो ।