काठमाडौं ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले मंगलबार पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।
प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् । प्रदर्शनकारीले विराटनगरमा पनि प्रदर्शन गरिरहेका छन् ।
बजार क्षेत्रमा भेला भएका युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरिरहेका हुन् । यस्तै यता सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बन्दै गएको छ । अहिले सो क्षेत्रमा रहेको पसलमा लुटपाट तोडफोड र आगजनी भइरहेको छ । प्रहरी पनि सो क्षेत्रमा तैनाथ छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले आगजनी गरेको हो । उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् । आइतबार कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका थिए । घटनापछि स्थीति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका पाँच स्थानमा कफ्र्यु आदेश जारी गरेको थियो । कफ्र्यु उल्लङ्घन गर्दै सोमबार दिनभर प्रदर्शन भयो । स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु मंगलबार पनि यथावत् छ ।