स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा सुर्तीजन्य पदार्थका कारण प्रत्येक वर्ष ३९ हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको जनाएको छ ।
काठमाडौंमा आइतबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सुर्तीजन्य पदार्थका कारण विश्वभर प्रत्येक वर्ष करिब ८० लाख मानिसको मृत्यु हुने गरेको समेत जानकारी गराउनुभयो । उहाँले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्य मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर क्षति पु¥याइरहेको बताउनुभयो ।
साथै कार्यक्रममा बोल्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुर्तीजन्य पदार्थको खपत घटाउन कर नीतिको प्रभावकारी कार्यान्वयन र नागरिकस्तरमा जनचेतना अभिवृद्धि आवश्यक रहेको पनि बताउनुभएको छ ।