काठमाडौं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुण्डो खालिएको टिप्पणी गर्नुभएको छ ।
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उहाँले आरोप लगाउनुभएको हो । सभामुखको सम्पती विवरणमाथि प्रश्न उठाउँदै उहाँले श्रमिकबाट मालिक बन्नु अपराध नभएको तर विदेशमा कमाएको भनिएको सम्पत्ति कुन च्यानलबाट आयो र राज्यलाई कर तिरिएको छ कि छैन भन्ने बारेमा उठेका प्रश्नको जवाफ दिनुपर्ने समेत बताउनुभयो । उहाँले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाउनुभएको छ ।
कार्की आयोगलाई ’प्रतिशोधको हतियार’ बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिने काम भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।